३ बैशाख २०८०, आईतवार ०७:५५
काठमाडौं, बैशाख ३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ ।
उपनिर्वाचनअघि साउद परराष्ट्रमन्त्रीको रुपमा क्याबिनेटमा थपिन लाग्नुभएको हो । उहाँको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ ।
गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले चैत १७ गते सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । आइतबार साउद परराष्ट्रमन्त्री बन्नु भएपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् । कांग्रेसबाट सहभागी अन्य मन्त्रीलाई समेटेर प्रधानमन्त्रीले उपनिर्वाचनपछि मन्त्रिपरिषदलाई पूर्णता दिनुहुनेछ ।





