४ बैशाख २०८०, सोमबार १७:५३
काठमाडौं, बैशाख ४
आज देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। गत २४ घन्टामा गरिएको १ हजार ६३२ जनाको नमूना परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो। आज एक जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमितमध्ये हाल काठमाडौं उपत्यकामा ३४ जना संस्थागत आइसोलेशनमा रहेका छन्। ७ जना आइसियू र ३ जना भेन्टिलेटरमा रहेका छन्।
मन्त्रालयको विवरणअनुसार संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर ३७९ जना सक्रिय संक्रमित रहेका छन्। आज ६० जना संक्रमणमुक्त भएका छन्।





