प्रदिप परियार
चितवन, बैशाख ६
चितवनमा यही बैशाख ८ गते शुक्रबार शहिदचोक नारायणगढमा रहेको टिसा कम्पेलेक्सको चौथो तल्लामा फोरनेशन्स ईन्टरनेशनल चितवनको आयोजनामा ‘ फाईनान्शीयल काउन्सेलिङ्ग सेशन’ हुने भएको छ ।
कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने फोरनेशन्स ईन्टरनेशनल चितवनका बिजनेस डेवलपमेंट म्यानेजर आशुतोष निउरेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार हाल अस्ट्रेलिया जानको लागि विद्यार्थीहरुलाई मुख्य समस्या फाईनान्शीयल डकुमेन्टमा रहेको र वर्षको २५ देखि ३० लाख आम्दानी देखाउन विद्यार्थीहरुलाई गाह्रो हुने तथा विद्यार्थीहरुलाई अस्ट्रेलिया जान नसक्ने चिन्ता हुने तर त्यो सामान्य कुरा भएको बताउनुभयो ।
उहाँले धेरै जसो कन्सलटेन्सीले विद्यार्थीहरुलाई विदेश गएर के पढ्ने भनेर मात्र परामर्श दिने तर हामीले सम्भवत पहिलो चोटि फाईनान्शीयल काउन्सेलिङ्ग भनेर कार्यक्रम लन्च गरेको बताउनुभयो ।
निउरेले त्यस कार्यक्रम अन्र्तगत हरेक शुक्रबार जो पनि विद्यार्थी विदेश जान समस्या भैरहेकोछ फाईनान्शीयल डकुमेन्टले गर्दा, उहाँहरुले यस फाईनान्शीयल काउन्सेलिङ्ग कार्यक्रममा आएर फ्री मै परामर्श लिन सकिने बताउदै अन्य जानकारीका लागि मोबाईल नम्वर ९८४१०३७२५३ मा सम्पर्क गर्न
समेत आग्रह गर्नुभएको छ ।





