८ बैशाख २०८०, शुक्रबार १८:५२
काठमाडौं, बैशाख ८
निर्वाचन आयोगले आसन्न उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ ।
तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा सो सरहका अधिकृतहरू पनि छन् ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने/गराउने व्यवस्था प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो ।





