१२ बैशाख २०८०, मंगलवार ०८:५३
काठमाडौं, बैशाख १२
नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ ।
संसद् भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेबाट सुरु हुने छ ।
सोमबारको बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरूले धारणा राख्नु भएको थियो । कांग्रेसले बजेटको विषयमा छलफल गर्न संसदीय दलको बोलाएको हो ।
सोमबार पनि संसदीय दलको बैठक बसेको थियो ।





