१९ बैशाख २०८०, मंगलवार १०:३९
काठमाडौं, बैशाख १९
उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादवले मंगलबार शपथ ग्रहण लिन लाग्नु भएको हो ।
सभामुख देवराज घिमिरेले दिउँसो १ बजे यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।





