२१ बैशाख २०८०, बिहीबार २२:०१
काठमाडौँ, बैशाख २१
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याललाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायाधिवक्तामा कार्यरत पाण्डेय र सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत डा अर्याललाई आज सचिवमा नियुक्त गर्नुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।





