२३ बैशाख २०८०, शनिबार ०६:५१
काठमाडौं, बैशाख २३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
हिजो शुक्रबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिनुभयो ।
उहाँले संयुक्त बैठकबाट यो निर्णय गरेको बताउनुभयो । उहाँले जनभावनाको कदर गर्दै आफूहरुले यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले अब पार्टीले संसदमा सशक्त भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।





