२३ बैशाख २०८०, शनिबार ०७:१३
काठमाडौं, बैशाख २३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गर्नुभएको हो ।
कांग्रेसको महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठनुभएका रिजाल पराजित हुनुभएको थियो ।





