२३ बैशाख २०८०, शनिबार ०९:३८
काठमाडौं, बैशाख २३
संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।





