२५ बैशाख २०८०, सोमबार ०६:२६
काठमाडौं, बैशाख २५
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा राजस्थानले दिएको २१५ रनको लक्ष्य सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै पूरा गरेको थियो।
टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले जोस बटलरको ९५, कप्तान सन्जु सामसनको ६६ रनको मद्दतले २० ओभरमा २ विकेट गुमाएर २१४ रन बनाएको थियो।
सनराइजर्सले १० खेलमा चौथो जित निकालेको हो। राजस्थानको ११ खेलमा ५ जितसहित चौथो स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा गुजरात टाइटन्सले लखनउ सुपरजाइन्टलाई ५६ रनले हराउँदै प्लेअफ नजिक पुगेको छ।





