२७ बैशाख २०८०, बुधबार ०७:२०
काठमाडौं, बैशाख २७
नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेकाे हाे ।बैठकले १० वटा एजेण्डा तय गरेकाे एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे ।
आम चुनावपछि भएका राजनीतिक घटनाक्रमबारे अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन तयार गर्नुहुने पहिलाे एजेण्डा तय भएकाे उहाँले बताउनुभयाे ।





