२७ बैशाख २०८०, बुधबार २२:४१
काठमाडौं, बैशाख २७
मंगलबार सामान्य अंंकले सकारात्मक रहेको शेयर बजार बुधबार पुनः ऋणात्मक रह्यो ।
निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजार मंगलबार १० अंकले सुधारिएकोमा बुधबार पुनः ओरालो लागेको हो ।
तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रही १८ सय ४१ कायम भएर थामियो । बुधबार पनि नेप्से पटक पटक सकारात्मक रहेर पनि अन्तिमसम्म बृद्धि टिक्न सकेन । कारोबार थप खुम्चिएर ६० करोड तलै सीमित रह्यो ।





