२८ बैशाख २०८०, बिहीबार ०८:२०
काठमाडौं, बैशाख २८
नेकपा एमाले केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ ।
गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।





