२ जेष्ठ २०८०, मंगलवार ०७:२४
काठमाडौं, जेठ २
नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ।
नेपालले यू–१९ छात्र टिम प्रतिस्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिर्नुभयो ।
भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको प्रतियोगितामा नेपालले राउण्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो। प्रतिस्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।
नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो। श्रीलंकासँग भने नेपाल ३–१ ले चुक्यो।





