३ जेष्ठ २०८०, बुधबार ०७:२९
काठमाडौं, जेठ ३
विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइन्छ।
यो दिवसका अवसरमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकाय तथा अन्य संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।
विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो।
बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढेको छ। सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ।





