८ जेष्ठ २०८०, सोमबार १५:५२
काठमाडौं, जेठ ८
सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।
प्रतिपक्षी दलका सांसदहरुले भने नीति तथा कार्यक्रमले मुलुकको अहिलेको समस्या समाधान गर्ने गरी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभयो ।





