९ जेष्ठ २०८०, मंगलवार ०७:३३
काठमाडौं, जेठ ९
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार दुई खेल हुँदैछ।
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।
१९ खेलमा २९ अंक जोडेर चौथो स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। १९ खेलमा १८ अंक जोडेर १४ औँ स्थानमा रहेको खुमलटार छैटौँ जितको खोजीमा हुनेछ।
दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।





