११ जेष्ठ २०८०, बिहीबार १७:१५
सुर्खेत, जेठ ११
कर्णाली प्रदेश सभा संसदीय समितिका सभापतिको निर्वाचन आगामी आइतबार हुने भएको छ । आज (बिहीबार) बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन यही जेठ १४ गते (आइतबार) गर्न निर्देशन दिनुभएको हो ।
सभामुख गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभएको हो । प्रदेश सभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भए पनि कर्णालीमा गठन हुन सकेको थिएन ।





