१४ जेष्ठ २०८०, आईतवार ०७:३३
काठमाडौं, जेठ १४
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो ।
यस अघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले राख्नुभएको जिज्ञासाहरुको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरुलाई मिलेर अघि बढन आह्वान गर्नु भएको थियो ।
राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम जेठ ९ मा नै पारित भएको थियो ।
यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा पेश गर्नेछ।





