चितवन, जेठ १६
यामाहाले चितवनको नारायणगढमा स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । यामाहा नेपालले रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेको हो। यामाहाको रे जेडआर १२५ हाइब्रिड स्टाण्डर्ड, डिलक्स र प्रिमियम/प्रिमियम प्लस गरी चार ट्रिमहरुमा उपलब्ध रहेको छ ।
नारायगढका लागि आधिकारिक बिक्रेता नविन अटो सेन्टरका एम डी कपिल सागर कमार्चाले रे जेडआर १२५ हाइब्रिड सिरिजको बारेमा उत्साह ब्यक्त गर्दै भन्नु भयो ‘ अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवात पछि नेपालकोे पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा यामाहा नेपाल गौरवान्दित भएको छ । यसले शक्ति, शैली र सुरक्षाको संयोजन गर्दछ जसले गर्दा हाम्रा मुल्यवान ग्राहकहरुलाई अत्याधुनिक उत्पादनहरु उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ फराकिलो बनाउँछ।’
रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्क्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्ट १२५ सीसी ब्लु कोर इन्जिन छ । रे जेडआर १२५ शुखंलाको हाइब्रिड भेरियन्टहरुले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्क्ति सहयाता प्रर्दान गर्दछ। यसमा २१ लिटर अन्डर सीट भण्डारण जस्ता सुविधाहरु छन् भने स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मुल्यवान उर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउछ ।
रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मुल्य रु २,७९,९०० बाट सुरु हुन्छ । यामाहा नेपालले हाइब्रिड टेक्नोलोजीको सिमलेस एकीकरणको साथ पावर, सुरक्षा र शैलीका बीचमा पुर्ण सन्तुलन खोज्ने सवारहरुलाई किफायती विकल्प प्रर्दान गर्ने लक्ष्य राखेको छ ।







