१८ जेष्ठ २०८०, बिहीबार ०७:२८
काठमाडौं, जेठ १८
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार तीन खेल हुँदैछ।
दिउँसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
रंगशालामा साँझ ६ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार आमनेसामने हुनेछन्।
यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजेदेखि फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्।





