चितवन, जेठ १९
भरतपुर १० मा रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले हिजो दुध
दिवस मनाएको छ । सहकारीले “ दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको
आधार” भन्ने नाराका साथ सहकारीले हिजो २३ औँ अन्तराष्ट्रिय तथा १३ औँ राष्ट्रिय
दुध दिवस मनाएको हो । दिवसको अवसरमा सहकारीले भरतपुर १ देवघाट मा गएर श्री राम जानकी वालीका आश्रमका बालीकाहरुलाई खिर खूवाएर दिवस मनाएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष किशोर बगाले,केन्द्रिय सदस्य भागिरथ तिमल्सेना,
आश्रमका अध्यक्ष,संघका सञ्चालक समितिका अन्य पदाधिकारीहरु, सदस्यहरु,सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो।










