प्रदिप परियार
भरतपुर, जेठ २०
चितवनको नारायणगढमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । आज
(शनिबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको २२ औ स्थापना
दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको
हो । प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रिय सस्थापक अध्यक्ष अमर बिरही गुरुङ्ग,
प्रतिष्ठान नेपाल चितवनका सस्थापक अध्यक्ष शान्त कुमार पिया, प्रतिष्ठान नेपाल
चितवनका निवर्तमान अध्यक्ष लोक बहादुर रानाभाट, आजिवन सदस्य शारदा
सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिष्ठान चितवनका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको
कार्यक्रमको संचालन प्रतिष्ठान चितवनका सचिव जि.बि. सुनारले गर्नुभएको थियो ।
यसैबिच लोक दोहोरी प्रतिष्ठान चितवनको स्थापना दिवस र सस्थापक अध्यक्ष शान्त कुमार पिया को जन्मदिनको अवसर पारेर केक काटेर, शुभकामना आदान प्रदान गरि कार्यक्रम गरिएको थियो भने “स्वर्गीय जित बहादुर पिया स्मृति लोकदोहोरी कलाकार कल्याण अक्षयकोष २०८०” को स्थापना गरिएको छ ।







