चितवन, जेठ २३
विश्व वातावरण दिवसको अवसरमा भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कूलका इको क्लब र कम्युनिटी क्लबको संयुक्त आयोजनामा हिजो सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले डस्विन वितरण, बीस हजार ताल सरसफाइ, चराचुरुङ्गीहरुलाई पानी भाडामा राख्दिएको र गोन्द्राङमा सरसफाइ गर्नुभएको थियो ।
कार्यक्रममा स्कुलकी प्राचार्य एवम् उक्त क्लबकी संरक्षक इन्दिरा कार्कीले चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिको सचिव रमना पण्डितलाई डस्विन हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाली पुलिसको पनि सहभागीता रहेको थियो ।
विद्यार्थीहरुले वातावरण संरक्षण तथा जैविक विविधता सम्बन्धी प्रयोगात्मक एवम् व्यावहारिक शिक्षा हासिल गर्न अवसर पाएको विद्यालयकी प्राचार्य कार्कीले बताउनुभयो । सरसफाइ कार्यक्रम सम्पन्न गराउनको निमित्त क्लबका संयोजक मनोज खड्का एवम् शिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन सह -प्राचार्य उपेन्द्र आचार्यले गर्नुभएको थियो ।







