२८ जेष्ठ २०८०, आईतवार ०६:५२
काठमाडौं, जेठ २८
प्रतिनिधिसभाको बैठक बस्दै छ।
संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ।
आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनुहुने छ ।





