२९ जेष्ठ २०८०, सोमबार २१:३२
काठमाडौँ, जेठ २९
कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गर्नुभएको थियो । त्यस क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका कर्मचारीहरूको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा. पुष्करले ती कर्मचारीहरूको हाजिरीमा रातो लगाउनुभएको हो ।





