३१ जेष्ठ २०८०, बुधबार ०९:०६
काठमाडौं, जेठ ३१
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।
उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि हुनुहुन्छ ।





