३१ जेष्ठ २०८०, बुधबार १०:२७
काठमाडौं, जेठ ३१
दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले आज पाचौँ दीक्षान्त समारोह आयोजना गर्दैछ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा दिक्षन्त समारोह हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद लामिछानेले जानकारी दिनुभयो । बिहान साढे ११ बजे शुरु हुने समारोहमा ५७५ जना विद्यार्थीहरू दीक्षित हुनेछन्।
२०६७ सालयता संस्कृत विश्वविद्यालयको दिक्षन्त समारोह भएको थिएन। १० वटा शैक्षिक सत्रमा विश्व विद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बि.एम.एस उत्तिर्ण गरेका ४ हजार ७ सय ७३ मध्ये निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षित हुन लागेका हुन्।





