प्रदिप परियार
चितवन, जेठ ३२
भरतपुरमा आज बिहिबार एक दिवसीय भ्रष्टाचार विरुद्ध सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार विरुद्ध सहयोगि समूह भरतपुर वडा नम्बर ७ को आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका उपसचिव विष्णु सापकोटाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी प्रस्तुतीकरण दिदै, उहाँले निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक सम्पत्ति, पद, शक्ति र स्रोतको दुरुपयोग गर्नु नै भ्रष्टाचार भएको बताउनुभयो ।
उपसचिव सापकोटाले भ्रष्टाचारजन्य कसूर र सजाय (भ्र.नि.ऐन, २०५९ दफा ३(२३)
सम्बन्धि जानकारी दिदै, भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक, कानुनी र संरचनात्मक व्यवस्था को बिषयमा समेत कार्यक्रममा प्रष्ट पार्नु भएको हो ।
कार्यक्रममा भ्रष्टाचार विरुद्ध सहयोगि समूहका सभापति शालिग्राम पोखरेल, प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विशिष्ठ अतिथिहरु चितवनका भ्रष्टाचार विरुद्ध अभियान्ता भिम बहादुर श्रेष्ठ , भरतपुर वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्र मणी काफ्ले, प्रहरी निरिक्षक निर्मल पनेरुले भ्रष्टाचार विरुद्ध सबै एक जुट हुन र भ्रष्टाचार विरुद्ध पहिले आफैबाट सुरुवात गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रमको संचालन सहयोगि समूहका उपाध्यक्ष पुर्णचन्द्र अधिकारीले गर्नुभएको हो भने विभिन्न राजनितिक दलका प्रमुख, शिक्षकहरु ,शिक्षिकाहरु, प्रेम बस्ती माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थीहरु लगायतको उपस्तिथि रहेको थियो ।











