भरतपुर, असार २
चम्पानगरमा रहेको हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण कला सिकाईएको छ । विद्यार्थीको वाल कलासंगै सिर्जनात्मक क्षमताको विकासका लागि शुक्रबार र शनिबार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत तालिमको आयोजना गरिएको हो ।
विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने, औपचारिक र अनौपचारीक कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने विषय तालिममा सिकाईएको प्रशिक्षक एवम् पत्रकार विवेक पोख्रेलले जानकारी दिर्नुभयो । कक्षा ८ देखि १० सम्मका करिब ५० विद्यार्थी तालिममा सहभागी हुर्नुहुन्थ्यो । तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक ज्ञान प्रदान गरिएको प्रशिक्षक प्रोख्रेलले बताउनुभयो ।
विद्यालयका प्राचार्य भानुभक्त सुवेदीले गाउँ समाजमा आयोजीत कार्यक्रम र आफ्ना कुरा समाजमा गएर निर्धक्क रुपमा प्रस्तुत तालिम सफल भएको बताउनुभएको छ । उहाँले विद्यालयमा हुने हरेक कार्यक्रम विद्यार्थीहरुलाईनै उद्घोषक बनाएर संचालन गर्ने प्रयास समेत गरिने बताउनुभयो ।
तालिमबाट सिकेका कुराले उद्घोषण कलाको विकाससंगै हौसला बढेको सहभागी विद्यार्थीहरुले बताउनुभएको छ ।
यस विद्यालयमा पछिल्लो समय पढाईंसंगै अतिरिक्त क्रियाकलापलाई जोड् दिदैँ आएको छ। जस अनुसार तेक्वान्दो र भलिबल खेलको नियमित प्रशिक्षण विद्यालयले विद्यार्थीलाई प्रदान गरिरहेको छ। यस्तै, नृत्य र बाध्यबाधनको परिक्षणमा पनि विद्यालयले चासो दिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १३, चम्पानगरमा रहेको यो विद्यालय जिल्लाकै उत्कृष्ट मध्येको एक सामुदायिक विद्यालय हो । अंग्रेजी र नेपाली दुबै भाषामा पढाई हुने यस विद्यालयमा १ हजार विद्यार्थी छन् ।





