४ असार २०८०, सोमबार ११:२३
पोखरा, असार ४
पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो ।
पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।
‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्यहोरा जानकारी गराईन्छ’ नगर प्रमुख धनराज आचार्यले भन्ननुभएको छ ।
जसअनुसार बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन ।





