काठमाडौं, असार ५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न परिपत्र जारी गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट ७ बुँदे परिपत्र गर्दै मन्त्रालयले संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलब भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो ।
मन्त्रालयले ५, १० र १५ शय्याका अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दीको संरचना तथा दरबन्दी स्वीकृत नभएको उल्लेख गर्दै संघीय सरकारले आर्थिक भार लिन नसक्ने भएकाले जनशक्ति व्यवस्थापनका लागि सबै स्थानीय तहलाई पत्रपरिपत्र गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले आधारभूत अस्पतालको दरबन्दी नमुना पास गरेर २१ असार २०७९ मा मन्त्रिपरिषद्बाट पठाएपछि उक्त दरबन्दी पास भएको छैन । मन्त्रालयले आगामी आर्थिक वर्षबाट आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको तलव,भत्ताको व्यवस्था पालिकाबाटै गर्न निर्देशन दिएको छ ।





