१८ असार २०८०, सोमबार ०७:५२
काठमाडौँ, असार १८
आइसिसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत हिजो प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि हिजो भएको प्ले अफ सेमिफाइनलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
दश टोली सम्मिलित आइसिसी विश्वकप छनोट प्लेअफमा नेपाल सुपर सिक्समा पुग्न नसकेपछि विश्वकप छनोटको मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौँ स्थान बनाउन हिजो युएईसँग प्रतिस्पर्धा गरेको हो ।
जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४ औँ ओभरमा पूरा गरेको हो ।





