२१ असार २०८०, बिहीबार ०६:३९
काठमाडौँ, असार २१
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक यही असार २७ गतेदेखि सुरु हुनेछ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सभापति, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । असार २७ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्नेछ ।





