२२ असार २०८०, शुक्रबार १५:५५
काठमाडौँ, असार २२
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भन्नुभयो “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजीनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।”
संसद् बाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरव्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गर्नुभयो । उहाँले जसरी पनि मिटर ब्याज पीडितलाई न्याय दिएरै छोड्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो ।





