२४ असार २०८०, आईतवार ०७:४४
चितवन, असार २४
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ।
नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।
अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गर्नुभयो ।





