२७ असार २०८०, बुधबार ०८:०९
काठमाडौँ, असार २७
राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० पारित हुदैँछ ।
जसअनुसार आजको बैठकमा बिनियोजन विधेयक माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिनियोजन विधेयक २०८० लार्य पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।





