२ श्रावण २०८०, मंगलवार ०९:५७
काठमाडौं, साउन २
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन हिजो सोमबार सेयर बजारमा हरियाली छाएको छ ।
हिजो सोमबार नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । अघिल्लो दिन आइतबार शेयर कारोबार २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको भएकोमा सोमबार भने उक्त रकम बढेर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ पुगेको छ । सोमबार सबैभन्दा धेरै प्रतिशत ४.१४ विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो ।





