२ श्रावण २०८०, मंगलवार १७:५४
काठमाडौं, साउन २
नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ ।
मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गर्नुभएको हो ।
उहाँले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गर्नुभएको छ ।





