३ श्रावण २०८०, बुधबार ०७:४७
काठमाडौं, साउन ३
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बुधबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) ‘ए’बीच प्रतिस्पर्धा हुँदै छ ।
खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली आज आम्नेसाम्ने हुनेछन् ।





