३ श्रावण २०८०, बुधबार ०९:०४
काठमाडौं, साउन ३
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरू हुने भएको छ ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
एक वर्षपछि मंगलबारदेखि सुरू भएको बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।





