५ श्रावण २०८०, शुक्रबार १८:१४
काठमाडौँ, साउन ५
प्रधानमन्त्री पुष्पकमल दाहालले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भिर भएर काम गर्न निर्देशन दिनुभएको हो ।
साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्ने कुरामा प्रधानमन्त्री दाहालले निर्देशित गर्नुभएको राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले जानकारी दिनुभयो ।





