१० श्रावण २०८०, बुधबार ०९:२१
काठमाडौँ, साउन १०
नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै छ ।
सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ः०० बजे बोलाइएको छ ।
गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि गत सोमवारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो । जसअनुसार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नुभएको थियो ।





