१३ श्रावण २०८०, शनिबार १८:२८
काठमाडाैं, साउन १३
चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि नेपाली नेपाली राष्ट्रिय पुरुष क्रिकेट टाेलीकाे घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टाेलीकाे घाेषणा गरेकाे हाे ।
नेपाली टाेली
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, विनोद भण्डारी, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा, ललितनारायण राजवंशी, विवेक यादव र प्रतिस जिसी ।
टाेलीमा विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी, फास्ट बलर अविनाश बोहरा र अलराउन्डर विवेक यादवले पुनरागमन गरेका छन् ।





