१६ श्रावण २०८०, मंगलवार ०७:४३
काठमाडौं, साउन १६
नेपालका खेलाडीले सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौति प्रस्तुत गर्ने भएका छन् ।
आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । त्यसका लागि १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली हिजो सोमवार भारतको हैदरावाद प्रस्थान गरेको छ ।





