२२ श्रावण २०८०, सोमबार ०९:३६
काठमाडौं, साउन २२
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धि विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताउनु भएको छ ।
पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले बताउनुभयो ।
भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले हिजो आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ब्लाकेनह्वाईट युगबाट सुरु भएको नेपालको चलचित्र क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरुको सुझावको आधारमा त्यसम्बन्धि कानुनलाई सरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि बताउनुभयो । मन्त्री शर्माले नेपाली चलचित्रलाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्वालिटीमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।





