२५ श्रावण २०८०, बिहीबार ११:२१
काठमाडौं, साउन २५
नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म १० हजार ७ सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ ।
सङ्क्रमण ७४ जिल्लामा फैलिएको महाशाखाले जनाएको छ । अहिलेसम्म डेङ्गीबाट ७ जनाले ज्यान गुमाएका छन् । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको बताउनुभयो ।





