३० श्रावण २०८०, मंगलवार १०:०४
काठमाडौं, साउन ३०
एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ ।
एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९ , कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२, १३, गण्डकी प्रदेश असोज १५, १६, उपत्यका विशेष प्रदेश असोज १९, २० र सुदूरपश्चिम असोज २१ र २२ का लागि अधिवेशन तोकिएको छ ।





