काठमाडौं, भाद्र १
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।
शुक्रबार बिहान हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागको केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको समेत सम्भावना रहेको छ।
त्यस्तै, राती भने देशभर आँशिक देखि सामान्य बदली रहनेछ।





